प्रभु बैंककाे नाफा २ अर्ब ८२ करोड , अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रभु बैंककाे नाफा २ अर्ब ८२ करोड , अन्य सूचक कस्ताे ?



काठमाडौं । प्रभु बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४८.५४ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.०१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६३.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४७.५२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ मात्र रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर ६९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ०.६९ प्रतिशत रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९७ पैसा घटेर १२ रुपैयाँमा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा रहेको छ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १८ करोड २५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६१.८२ प्रतिशत बढेको छ भने कर्जा लगानी ६३.८५ प्रतिशत बढेको छ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार १७:३६