राजविराजको आईडियल सहकारी २५ औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

राजविराजको आईडियल सहकारी २५ औं वर्षमा प्रवेश



सप्तरी । राजविराज नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको आईडियल सहकारी संस्था लिमिटेड संचालनको २५ औं वर्षमा प्रवेश गरेको छ ।

संस्थाले रजत जयन्तीको अवसरमा संस्थाको यात्रामा साथ र सहयोग गर्ने शेयर सदस्य, कर्मचारी, छाता संघहरु, नियामक निकाय र शुभेच्छुक सबैमा कृतज्ञता प्रकट गरेको छ । साथै आगामी दिनमा पनि सबैबाट साथ र सहयोग प्राप्त गर्ने संस्थाले अपेक्षा गरेको छ ।

२०५६ सालामा ४३ जना शेयर सदस्य आवद्ध बनेर सुरु भएको संस्थाले हाल १७ हजार सदस्यलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको छ ।
मुख्य कार्यालयका साथै जिल्लाको पट्ना र हनुमाननगरमा सदस्य सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको संस्थाले सदस्यलाई प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले सदस्यलाई मोबाईल बैंकिङ मार्फत विद्युतीय भुक्तानी सेवा, युटिलिटी बिल भुक्तानी, मोबाईल टपअप, मिल्डकल बैंकिङ लगायतको सेवा उपलब्ध गराएको छ ।

यसैगरी सदस्यको सुविधालाई मध्यनजर गरेर छिमेकी मुलुक भारतबाट समेत रकम निकाल्न मिल्नेगरी एटीएम सेवा समेत संचालन गरेको छ । साथै विभिन्न सेवा प्रदायकहरुसंग सम्झौता गरेर रेमिट्यान्स सेवा उपलब्ध गराएको छ ।

संस्था विभिन्न समयमा राष्ट्रिय सहकारी बैंक लगायतका संघसंस्थाहरुबाट सम्मानित समेत भएको छ ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार २०:४७