पत्रकार रोकायालाई राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

पत्रकार रोकायालाई राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कार



काठमाडौं । पत्रकार सन्तोष रोकाया राष्ट्रिय सहकारी बैंक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । बैंकको २१औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनी पुरस्कृत भएका हुन् ।

उनलाई राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले प्रशंसा पत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् ।

सहकारी क्षेत्रको समाचार सम्प्रेषणमार्फत् सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदान स्वरुप बैंकले उनलाई पुरस्कारमार्फत् सम्मान गरेको बैंकले जानकारी दिएको छ । रोकाया विकासन्युज अनलाइनमा कार्यरत छन् ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार १८:४१