सानिमा बैंकको वितरण योग्य मुनाफा २ अर्बभन्दा बढी, खुद नाफा कति? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सानिमा बैंकको वितरण योग्य मुनाफा २ अर्बभन्दा बढी, खुद नाफा कति?



काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्बभन्दा बढी रहेको छ। गत आर्थिक वर्षमा सानिमा बैंकले २ अर्ब ६१ करोड ९२ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २५.१३ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिको बैंकले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ नाफा आजैन गरेका थिए । असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा देखिएको सुधारको प्रभाव नाफामा पनि देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड ९३ लाख ९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड ६ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोड ४४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १७.७३ प्रतिशतले रहेको छ । बैंकको १२ अर्ब ४६ करोड १ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ४ अर्ब ७० करोड ७२ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

बैंकले १ खर्ब ७५ अर्ब ६४ करोड ३० लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ०.३३ प्रतिशतबाट बढेर १.३० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ०२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार ०७:३२