यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय



काठमाडौं । सरकारले साउन १६ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले निर्णय सार्वजनिक गरेकी हुन् ।

सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिव दुई अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब दुई अर्ब ६२ करोड बराबर) अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

यस्ता छन्, मन्त्रिपरिषदका निर्णय :-

१. पूर्व सचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने ।

२. खाद्य तथा पोषण सुधार कार्यक्रम- दोस्रोका लागि विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड बराबर) को अनुदान सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।

३. Strengthening Public Financial Management and Devolved Service Delivery कार्यक्रम, उपकार्यक्रम एकको लागि एशियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब १३ करोड बराबर) को बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने विषयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।

४. दिगो भू-व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधारहरुको पुर्नउत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा बाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

५. निक साइमन्स इन्स्टिच्युटले विश्व स्वास्थ्य संगठनवाट प्राप्त पुरस्कार रकम अमेरिकी डलर २०,००० ९बीस हजार मात्र० मा असुल गर्नुपर्ने आकस्मिक लाभ कर आर्थिक ऐन, २०५० को दफा १८ को उपदफा (१) बमोजिम छुट दिने ।

६. बीउ बिजन ऐन, २०४५ को दफा ३ को राष्ट्रिय बीउ बिजन समितिको सदस्यहरूमा उपदफा ३.२ को खण्ड ३.२.९ बमोजिमको सदस्यमा बीउ, बिजन उद्यमीहरू अग्नी प्रसाद अर्याल र शारदा निरौलालाई नियुक्त गर्ने । साथै, सोको खण्ड ३.२.१० बमोजिमको सदस्यमा बीउ बिजन उत्पादक र कृषकहरू रामजी प्रसाद सापकोटा र प्रेमा कुमारी अधिकारीलाई नियुक्त गर्ने ।

७. नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाको पश्चिम खण्डको पहिरो रोकथाम गर्न बनाइने पक्की संरचनाको लागि धादिङ्ग जिल्ला साविक नौबिसे गा.वि.स. वडा नं.४ को ४१०६ वर्गमिटर जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति दिने।

८. कमला-ढल्केबर-पथलैया सडक खण्ड स्तरोन्नतिको लागि सडक सीमाभित्र पर्ने घर र टहरा लगायतका संरचनाहरू प्राप्ति गरी क्षतिपूर्ति दिई हटाउन स्वीकृति दिने।

९. काठमाण्डौ-तराईरमधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/०५ गतेको निर्णयानुसार माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित समितिको म्याद ३ महिना थप गर्ने ।

१०. नेपाल विद्युत प्राधिकरणलाई मातातिर्थ-माल्टा ३३ के. भि. प्रसारणलाईन आयोजनाको टावरप्याड र राइट अफ वे को निर्माणको लागि काठमाडौं, ललितपुर र मकवानपुर जिल्लामा रहेको राष्ट्रिय वन र वनक्षेत्रको कूलजम्मा २४/६७५०२५ हेक्टर जग्गा २० वर्षसम्म प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका ४१७२ वटा रुखहरु हटाउन स्वीकृति दिने ।

११. तल्लो सेलाङ खोला जलविद्युत आयोजनाको पूर्वाधारहरु निर्माण गर्न सिन्धुपाल्चोक जिल्लाको राष्ट्रिय वन भित्रको जम्मा ५४ वटा रुखहरु हटाउन र कूलजम्मा २.४९ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न स्वीकृति प्रदान गर्ने।

१२. चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न सिफारिस समिति गठन गर्ने र सोही उपदफाको खण्ड (ग) बमोजिमको सदस्य पदमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका प्रा. डा. लोचना श्रेष्ठलाई तोक्ने ।

१३. आर्थिक तथा पूर्वाधार समितिबाट पेश भएको जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना स्वीकृत गर्ने ।

१४. मन्त्रिपरिषद्, विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।

१५. विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।

१६. विधेयक समिति बाट पेश भएको श्रम (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।

प्रकाशित : १८ श्रावण २०८०, बिहीबार १६:५६