भ्रममा नपर्न सहकारी बैंकको अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

भ्रममा नपर्न सहकारी बैंकको अपिल



काठमाडौं । विभिन्न समयमा बैंक र बैंकका अध्यक्ष के.बी.उप्रेतीलाई लक्षित गरी सार्वजनिक हुने गरेका समाचारप्रति राष्ट्रिय सहकारी बैंक लिमिटेडले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै बैंकका समाचार र त्यसका आधारमा हुने गरेका चर्चाहरुको पछि नलाग्न तथा बैंकको बारेमा सत्य तथ्य बुझेर धारणा बनाउन सम्पूर्ण सहकारी संघ, संस्था, सहकारीकर्मी एवम् सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।

सहकारीहरुको संस्थागत विकास र वित्तीय व्यवस्थापन लगायत सहकारीको समग्र विकासमा बैंकले आफ्नो तर्फबाट सक्दो पहल, प्रयत्न र संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको जानकारी गराउँदै बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘बैंकका ५ वटा सदस्य सहकारी संस्थाहरु एकिकरण हुँदा साविकको सदस्य संस्था हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बैंकको कर्जा रकम रु २८ करोड रहेको र बैंकको नीति बमोजिम सबै सहकारीको एकल कर्जा सीमा भित्रै रहेको अवस्थामा एकिकरण भएका सबै संस्थाले लिएका कर्जाको कूल रकम एक अरब नजिक रहन पुगेको बैंकले जानकारी गराएको छ । साथै, सहकारी विभागले सम्बन्धित संस्थाहरुले नै बैंकको कर्जा सिमा भित्र ल्याउने योजनाका साथ एकीकरण गर्न अनुमति दिएको र बैंकको नीति अनुसार आगामी तिन वर्षभित्र एकीकृत संस्थाले कर्जालाई सिमा भित्र ल्याउनु पर्ने व्यवस्था रहेको समेत जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंक एवं सहकारी विभागसमेतको निर्देशन अनुसार बैंकले आफ्ना सम्पूर्ण वित्तीय विवरणहरु सार्वजनिक गर्दै आएको छ, जसबाट बैंकको अवस्थाको बारेमा जानकारी लिन सकिन्छ । कोभिड–१९ तथा रुस र युक्रेनवीचको युद्धले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र प्रभावित भएसँगै सहकारी संस्थामा तरलता अभाव भई सिर्जित समस्याले सहकारी क्षेत्र प्रति संसय पैदा भएको हामी सबैलाई सर्वविदितनै छ । पछिल्लो समय विस्तारै अर्थतन्त्र चलायमान भई तरलता संकटको अवस्थामा क्रमशः सुधार हुँदै गएको यो विषम परिस्थितिमा मिति २०८० असार मसान्तसम्मकोे वित्तीय विवरण अनुसार बैंकको तरलताको अवस्था ३६.९९ प्रतिशत कायम रहेको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार १७:२१