प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राइम बैंकको कामु सीईओमा मानन्धर नियुक्त



काठमाडौं । प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज साउन १७ गते बसेको बैठकले सञ्जीव मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्।

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेबाट समाप्त भएको छ। अर्को व्यवस्था नभएसम्मका लागि बैंकका महाप्रबन्धक मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार ११:१७