जनस्वास्थ्य प्रयोगशालाहरुको अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयोः डा.रुणा झा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

जनस्वास्थ्य प्रयोगशालाहरुको अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयोः डा.रुणा झा



काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ । प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अफ्ठ्यारो भएको बताएकी हुन् । प्रयोगशालाको अनुगमन, परीक्षण, नीति योजना तर्जुमा, मापदण्ड निर्धारण गर्ने निकाय एउटै हुँदा काम गर्न समस्या भइरहेको उनले बताइन् ।

उनले अन्य देशहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इन्स्टिच्युटका रुपमा हुने गरेको भन्दै नेपालमा भने नीति नियम बनाउने, गुणस्तर हेर्ने, लाइसेन्सिङ हेर्ने, परीक्षण गर्ने काम जनस्वास्थ्य प्रयोगशाला एक्लैले हेर्नुपरेको बताइन् । डा‍. झाले कम जनशक्तिबाट अनुगमन, परीक्षण लगायतका काममा अफ्ठ्यारो भएको बताएकी छिन् ।

प्रयोगशालाका अनुसार हाल ७९ जना कर्मचारी कार्यरत छन् । नेपालका ३ हजार १ सय ४१ भन्दा बढी प्रयोगशालालाई ‘ए’ देखि ‘ई’ श्रेणीसम्म वर्गीकरण गरिएको छ । गुणस्तर नियन्त्रण केन्द्रिय प्रयोगशालाले गरेपनि अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुँदा उपयुक्त हुने उनको बुझाइ छ । उनले जनस्वास्थ्य प्रयोगशालालाई विशुद्ध जनस्वास्थ्यसँग सम्बन्धित क्रियाकलापहरु गर्ने स्थान बनाउनुपर्ने बताइन् ।

डा‍.झाले भनिन्, ‘धेरै प्रयोगशालाहरु त अस्पताल मातहत छन् । अस्पतालको अनुगमन गर्ने छुट्टै निकाय छ । त्यहाँका प्रयोगशालाहरुपनि सोझै हाम्रो पहुँचमा छैनन् । जसलाई वर्गिकरण चाहिएको छ, उहाँहरु चाहीँ हामीसँग आउनुहुन्छ । मापदण्ड हामीले सिमिलर (एकरुपता) बनाएपनि अस्पतालको प्रयोगशाला हाम्रो निगरानीमा पर्दैन । अस्पतालहरुको अनुगमन प्रदेश, मन्त्रालयबाट हुन्छ । स्वास्थ्य संस्थाको विभिन्न ठाउँबाट अनुगमन हुँदाखेरी त्यसको समग्रमा एकीकृत तथ्याङ्क राख्न र सबै नै कस्ता छन् भनेर जानकारी लिन चुनौति छ । जनशक्ती अभाव छ नै । रक्तसञ्चार र नियमन शाखामा दुई जनाको दरबन्दी छ । दुवै जना नवौं तहको हुनुहुन्छ । दरबन्दीको टाइप पनि मिलेको छैन । संख्यापनि मिलेको छैन । कामको भेराइटीज नै धेरै छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई । १ लाख ३२ हजार सेवाग्राहीको स्याम्पलपनि हेर्नुप¥यो । धेरै जनशक्ती यसैमा लागिरहेको छ । अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदाखेरी अलिकति अफ्ठ्यारो भएकै हो । गुणस्तर नियन्त्रण सम्मको लागि त ठिकै हो । तर, अनुगमन र नियमन गर्ने निकाय छुट्टै हुनुपथ्र्यो ।’

प्रयोगशालामा अनुसन्धानका क्रियाकलापहरु कम भएको बताइन्। उनले कार्यालय भनेर बनाइएको संरचनामा अहिलेपनि ल्याव सञ्चालन भइरहेको बताउदै उनले शुरुमा संरचनामै सुधार गर्नुपर्ने भन्दै नयाँ भवन निर्माण कार्य अघि बढेको जानकारी दिइन् । उनले प्रयोगशालाका लागि रिसर्च लेभलका जनशक्तिहरु आवश्यक पर्ने भएपनि जनशक्ति अभावमा काम गर्न बाध्य भएको बताइन्।

स्वास्थ्यको अनुगमन एकिकृत तवरबाट हुन नसकिरहेको बताउँदै डा. झाले केन्द्रिय प्रयोगशाला र प्रादेशिक प्रयोगशालाबिच समन्वय नभएको बताइन् । ‘ए’ र ‘बी’ प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हेर्ने, ‘सी’ प्रयोगशालालाई प्रदेशले हेर्ने, ‘डी’ र ‘ई’लाई स्थानिय तहले हेर्ने भनेर वर्गिकरण गरिएपनि प्रभावकारी समन्वय हुन नसकेको बताइन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत हाल दैनिक औषत तीन सयदेखि पाँच सय जनाको स्वास्थ्य परीक्षण हुँदै आएको छ । फरक प्रसंगमा उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेंगीको सेरोटाइप अध्ययन गर्न थालेको बताइन् ।


उहाँले भन्नुभयो, ‘डेंगी पोजेटीभ नेगेटिभ मात्रै नभएर कुन प्रकृति९टाइप०को डेंगी हो भनेर छुट्याउन सक्ने अवस्थामा छौं । यस वर्षको पनि डेंगी सिरोपाइपको अध्ययन गरिरहेका छौं । स्याम्पलहरु कलेक्ट गरेका छौं । यसको परीक्षण गर्ने तयारीमा छौं । डेंगीको कुन सेरोटाइप हो भनेर हेर्ने हो । विभिन्न वर्षमा एउटै सिरोटाइप नहुन सक्छ । यो वर्ष कुन सेरोटाइप आयो भनेर अध्ययन गर्दैछौं । बाहिरबाट हेर्दा सबै डेंगी हो र, त्यसको थप विश्लेषण गरेर कुन सिरोटाइप हो भनेर अध्ययन गर्न लागेका हौं । ’

गुणस्तर, नियमन र अनुसन्धानका लागि प्रयोगशालाको स्थापना भएपनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा र जनशक्ती यथोचित नहुँदा सेवाप्रवाहमा सकस देखिएको छ ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलवार १४:४१