आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक, कहिले कति उठाउने ? (तालिकासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक, कहिले कति उठाउने ? (तालिकासहित)

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आन्तरिक ऋण निष्कासन तालिका सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा कुल २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो।

जसमा ट्रेजरी बिलमार्फत ५५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत १ खर्ब ७९ अर्ब रुपैयाँ, नागरिक बचतपत्र (५ वर्षे) मार्फत ५ अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र (५ वर्षे) मार्फत १ अर्ब रुपैयाँ रहेको छ।

प्रस्तावित आन्तरिक ऋणमा ट्रेजरी बिलको २२.९ प्रतिशत, विकास ऋणपत्रको ७४.६ प्रतिशत, नागरिक बचतपत्रको २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ०.४ प्रतिशत हिस्सा रहेको छ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाँ, दोस्रो त्रैमासमा पनि ५५ अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ५३ अर्ब रुपैयाँ र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँ गरी कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ। खुला बजार सञ्चालन समितिले आवश्यकताअनुसार तालिकामा परिवर्तन गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलबार १३:४१ 1 August, 2023 1:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।