फर्स्ट माइक्रोफाइनान्सकाे कस्ताे छ वितिय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्सकाे कस्ताे छ वितिय अवस्था



काठमाडौं । गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा २३.३९ प्रतिशतले घटेर १९ करोड ६९ लाख ३० हजार रुपैयाँमा सिमित भएकाे छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ७० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी सामान्य अर्थात १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा यस कम्पनीको सञ्चालन नाफा, खुद फि तथा कमिसन आम्दानी घटेको छ भने खराब कर्जा बढेको छ । यसले गर्दा खुद नाफा प्रभावित भएको हो ।

सञ्चालन नाफा २३.३९ प्रतिशतले घटेर २८ करोड ४७ लाख ३४ हजार रुपैयाँमा आएको छ । खराब कर्जा ०.६६प्रतिशत पुगेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४९ पैसाले घटेर १७ रुपैयाँ १६ पैसामा आएको छ । नाफा घट्दा प्रतिसेयर आम्दानी पनि प्रभावित भएको हो । प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८७ पैसा छ ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार १२:३७