काठमाडौं, फागुन ४ । पैसा नहुँदा त्यसै तनाव, हुँदा पनि हैरानी !, नेपाली उपभोक्तालाई अहिले नौलो प्रकारको संकट आइपरेको छ । संकट हो – हजार रुपैयाँको नोट । खबर आजको नागरिकमा छ ।
रकम अभाव र चर्को महँगीको मार खेप्दै आएका उपभोक्ता अचेल आतमा हजारका नोट खेलाउँदा नि तनावमुक्त छैनन् । किनकी साना दरका नोट अभावले बजारमा उनीहरुका हात्ती साटिनै मुस्किल हुन्छ । पैसा नसाटिदा कतिपय अति जरुरी काम निप्ट्याउन सकस पर्छ ।
यसको कारण हो – बजारमा हजार दरका नोटको हिस्सा बढी हुनु । साना दरका नोट ओसार पसार गर्न समस्या हुने र बजारभाउ बढ्दै जाँदा अचेल ठूला नोटको प्रचलन बढेको छ ।
त्यसमा पनि बजारमा प्रचलनमा आएका कुल नोटको आधाभन्दा बढी हिस्सा हजार दरका नोटले ओगटेको छ । राष्ट्र बैंकका अनुसार हजार बाहेक अन्य दरका नोटले कुल नोटको आधाभन्दा कम हिस्सा ओगट्छ ।
चलनचल्तीका नोटमध्ये हजार दरका नोटको बाहुल्य ६० प्रतिशत रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
Comment