बागमती प्रदेश सहकारी संघको तेस्रो स्थापना दिवसको अवसरमा वृक्षारोपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

बागमती प्रदेश सहकारी संघको तेस्रो स्थापना दिवसको अवसरमा वृक्षारोपण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । बागमती प्रदेश सहकारी संघले तेस्रो स्थापना दिवस वृक्षारोपण गरी मनाएको छ । संघको आयोजनामा बुढानिलकण्ठ–२, कालिका पार्कमा १५ प्रजातीका १०० वटा फलफुलका बिरुवा रोपेर मनाईएको हो ।

संघकी उपाध्यक्ष सिता पौड्यालको संयोजकत्वमा भएको वृक्षारोपण कार्यक्रममा सहकारी अभियान्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सहकारी अभियन्ता, केन्द्रीय सहकारी संघका पदाधिकारी, प्रदेशस्तरका ३ वटै संघका पदाधिकारीहरु र विभिन्न जिल्लास्तरका सहकारी संघका पदाधिकारीहरु, त्यस क्षेत्रका संघीय, प्रदेश र स्थानिय जन निर्वाचित प्रतिनिधिहरु र सहकारी समन्वय समिति बुढानिलकण्ठका सक्रिय सदस्यहरु र स्थानिय समेत १७० जनाको उपस्थिति थियो।

बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रमले सहकारीहरुले रचनात्मक ढंगले स्थापना दिवश मनाउँदा सकारात्मक सन्देश दिने संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले बताए ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार ०८:१६ 30 July, 2023 8:16 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।