काठमाडौं । सज्जन महिला बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट महिला सहकारी’ घोषणा भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले तेस्रो स्थापना दिवसको अवसरमा उक्त सम्मान घोषणा गरेको हो ।
प्रोस्कूनले घोषणा गरेका उक्त सम्मान आगामी साधारणसभामा प्रदान हुने बताइएको छ । उक्त सम्मान घोषणा भएको अवसरमा सहकारीका अध्यक्ष सीमा पुरीले सबैप्रति आभार व्यक्त गरेकी छन् ।
‘संस्थालाई यहाँसम्म ल्याउनका लागि आफ्नो जिम्मेवारीमा रहेर हरेक पल, हरेक परिस्थितिमा एकजुट भएर सकारात्मक भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण संचालन तथा व्यवस्थापन टिमलाई यो सफलताको लागि हार्दिक धन्यवाद,’ उनले भनेकी छन्, ‘यस संस्थाका सदस्यज्युहरुको साथ र विश्वासले प्राप्त गरेको यो सम्मानको सहि कदर गर्दै भोलिका दिनहरुमा आफ्ना सदस्यहरुको उन्नति प्रगतिमा अझै ऊर्जाका साथ अघि बढ्न सकौं !’
प्रोस्कुनका उद्दव सापकोटाको अध्यक्षतामा तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो ।
Comment