समृद्धि फाईनान्सको हेटौंडा र पोखरा शाखाद्वारा वृक्षरोपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समृद्धि फाईनान्सको हेटौंडा र पोखरा शाखाद्वारा वृक्षरोपण



काठमाडौं । समृद्धि फाईनान्सकोे हेटौंडा र पोखरा शाखाको आयोजनामा वृक्षरोपण कार्यक्रम समापन गरेको छ । आजबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिना भित्र सम्पुर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

साथै फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये साउनमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वृक्षरोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित : १३ श्रावण २०८०, शनिबार २१:२९