कलश स्टकले पायो नेप्सेबाट सदस्यता नम्बर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कलश स्टकले पायो नेप्सेबाट सदस्यता नम्बर



काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. ले नेपाल स्टक एक्सचेन्जबाट सदस्यता प्रमाणपत्र प्राप्त गरेको छ । उक्त प्रमाणपत्र प्राप्त पश्चात् अब कलश स्टकले ७४ नम्मबरबाट ब्रोकरको रुपमा कारोबार सञ्चालन गर्ने जानकारी ब्रोकरका कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले दिए ।

हाल ब्रोकरले बुद्धनगरबाट आफ्नो सेवा सञ्चालन गर्ने एवं निकट भविष्यमा नै देशका विभिन्न स्थानमा शाखा विस्तार मार्फत सेवा प्रदान गर्ने योजना रहेको छ । ब्रोकरले निक्षेप सदस्यता सेवा समेत सञ्चालन गरी ग्राहकलाई छिटो छरितो एवं आकर्षक सुविधासहित कारोबार गर्ने योजना समेत लिएको छ ।

ब्रोकरले साउन महिना भित्रै औपचारिक रुपमा कारोबार सञ्चालन गर्ने जानकारी अधिकारीले दिए

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार २२:१८