लुम्बिनी विकास बैंकको घट्यो नाफा, यस्ताे छ वित्तीय विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकको घट्यो नाफा, यस्ताे छ वित्तीय विवरण



काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधि बैंकले ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३.८८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा ८६ करोड ७३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९४ करोड १९ लाख रुपैयाँमा सीमित थियो। सञ्चालन मुनाफा पनि ७.७० प्रतिशतले घटेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो।

बैंकको रिजर्भको आकार १६.१० प्रतिशतले बढेर २ अर्ब ३८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले ४९ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४२ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.०१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.६८ प्रतिशत थियो।

खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४० करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३ करोड ४० लाख रुपैयाँमात्रै थियो।

बैंकको वार्षिकीकत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.११ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.४० रुपैयाँ थियो। बैंकको प्रतिसेयर नेटवर्थ भने १८२.८७ रुपैयाँ रहेको छ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार ११:४२