कुमारी बैंकको शाखा कुलेश्वर र धुम्बाराहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको शाखा कुलेश्वर र धुम्बाराहीमा



काठमाडाैं । कुमारी बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कुलेश्वर र धुम्बाराहीमा नयाँ शाखाहरु थप गरेको हो ।

उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले शाखाहरु विस्तार गरेको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना रहेको जनाएको छ ।

२२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर ३०४ शाखा, ३०७ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित : ११ श्रावण २०८०, बिहीबार १४:०३