छ
काठमाडौं । कैलालीको लम्कीचुहामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार ३९ करोड ९८ लाख २३ हजार २०० शेयर पूँजी, ३ अर्व २२ करोड ७५ लाख ९९ हजार ५९ रुपैया बचत रहेको जनाएको छ ।
त्यसैगरी संस्थामा २० करोड ६१ लख २ हजार ६२८ रुपैया जगेडा कोष तथा ४ अर्व १२ करोड ४० लाख १३ हजार ४९० रुपैया लगानी रहेको जनाएको छ । संस्थामा ५ अर्व २५ करोड ६५लाख ८४ हजार ९७५ रुपैयाँ कूल सम्पति, ५६ करोड ६५ लाख ३४९ रुपैयाँ अन्य कोष रहेको छ । संस्थाको असार मसान्तसम्मकमा २७. १२ प्रतिशत अर्थात ८६ करोड ४७ लाख ६२ हजार ७६९ रुपैयाँ तरलता रहेको जनाएको छ ।
संस्थाका ७८ हजार ६८२ सदस्य मध्ये ३३ हजार ९५७ जना ऋणी सदस्य रहेका छन् । संस्थामा २७९ जना कर्मचारी रहेका छन् भने ४१ वटा सेवाकेन्द्र तथा ४ वटा किसान कोप एग्रो यूनिट र किसान कोप मार्ट संचालनमा रहेका छन । संस्थाले सदस्यलाई मोवाइल बैंकिङ तथा एटिएम सेवा पनि दिएको छ ।
Comment