लघुवित्तले ठग्याे ? राष्ट्र बैंकमा खबर गर्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्तले ठग्याे ? राष्ट्र बैंकमा खबर गर्नुस्



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त सम्बन्धी गुनासो भए गुनासो सुनुवाइ डेस्कमा खबर गर्न सूचित गरेको छ ।

राष्ट्र बैंकले बुधबार सूचना प्रकाशित गरी ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका ऋणीको गुनासो सुनुवाइका लागि अलग्गै डेस्क स्थापना गरेको जानकारी गराउँदै लघुवित्तसम्बन्धी गुनासो भए टिपाउन सूचित गरेको हो ।

लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको पाइएमा पनि खबर गर्न राष्ट्र बैंकले सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।

त्यस्तै तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो भएमा राष्ट्र बैंकमा खबर गर्न भनिएको छ ।

राष्ट्र बैंकले त्यसबारे जानकारी गराउन पैसा तिर्नु नपर्ने फोन नम्बर १८१०५००००२२ सार्वजनिक गरेको छ । त्यस्तै गुनासो दर्ता गर्ने अनलाइन पोर्टल gunaso.nrb.org.np बाट वा इमेल [email protected] मार्फत पनि खबर गर्न सकिने जानकारी गराएको छ ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार २०:५३