आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट



काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन ९ईयू०की राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छन्।

कार्यकाल पूरा गरेर फर्किन लागेकी राजदूत नोनाले सोमबार आयोग कार्यालय सिंहदरबार गरे उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन्।

भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे।

नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जाँदैछिन्।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १६:५५