नेप्सेमा ३५ लाख कित्ता बोनस सेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा ३५ लाख कित्ता बोनस सेयर सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार ३५ लाख कित्ता बढी बोनस सेयर सुचिकृत भएको छ । आज नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सुचिकृत भएको हो ।

आज कम्पनीको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३ सय ४५‍.५० कित्ता सेयर सुचिकृत भएको हो । सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १३:३१