वीरेन्द्रनगर साकोसको तरलतामा उल्लेख्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वीरेन्द्रनगर साकोसको तरलतामा उल्लेख्य वृद्धि



सुर्खेत । सुर्खेत जिल्लाकाे वीरेन्द्रनगर नगरपालिकामा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले २०८० असार मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार संस्थाको तरलता रकममा उल्लेख्य वृद्धि देखिएको छ । असार मसान्तमा कुल बचतका आधारमा संस्थामा २९।७० प्रतिशत तरलता कायम रहेको छ । जेठ मसान्तमा संस्थामा २०।९७ प्रतिशत तरलता कायम रहेको थियो । तरलतामा ८।७३ वृद्धि देखिएको छ।

सहकारी विभागको निर्देशन अनुसार संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्था सबल र सुरक्षित देखिएको छ ।

असार मसान्तमा संस्थाको शेयर पुँजी १४ करोड ३२ लाख ६९ हजार, जगेडा कोष ४ करोड ९३ लाख २५ हजार रहेको छ । त्यसैगरी संस्थाले ऋण नोक्सानी कोषमा पनि ३ करोड ४० लाख ५४ हजार रकम विनियोजन गरेको छ । संस्थाले ७२ करोड ६० लाख ७२ हजार कुल बचत संकलन गरी ९५ करोड १७ लाख ३७ हजार ऋण लगानी गरेको छ । संस्थाले बाह्य ऋण २२ करोड ३ लाख लिएको छ ।

संस्थामा २२ हजार १९७ जना सदस्य आवद्ध रहेका छन् भने ४ हजार २५१ जना बाल बचतकर्ता रहेका छन् । संस्थाबाट २ हजार ८११ जनाले ऋण रकम लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाले जानकारी दिएका छन्।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार ११:४०