माैद्रिक नीतिले अहिलेको अर्थतन्त्र चलाएमान बनाउन महत्वपुर्ण भुमिका खेल्छः प्रा.डा. गोविन्द नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माैद्रिक नीतिले अहिलेको अर्थतन्त्र चलाएमान बनाउन महत्वपुर्ण भुमिका खेल्छः प्रा.डा. गोविन्द नेपाल



राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति खासगरी समग्र नितिगत रुपमा लिएका कुराहरुलाई हेर्दा ठुला कर्जाहरुको प्रभावकारी सुपरिवेक्षण गर्ने कुरा एकदमै राम्रो लागेको छ । जुन एकदमै आवश्यक थियो । कोभिडको बेलामा प्रवाह भएको कर्जा सेयर, घरजग्गामा लगानी भएकाले यसले वास्तविक क्षेत्र प्रयोग हुनसकेको थिएन् । यसलाई अहिलेको मौद्रिक नितिले यसलाई समेटेको छ । त्यसैगरी, कर्जाको केन्द्रिकरण भएको थियो । अहिले केहि ठुला हाउसहरुमा कर्जा केन्द्रिकरण भएको छ ।

केहि घरनाहरुले मुलुक ठुलो कर्जाको हिस्सा लिएको अवस्था थियो । त्यो अवस्था राम्रो हैन भन्ने कुरालाई स्वीकारेर राष्ट्र बैंकले कर्जा केन्द्रिकरण हुन नदिने निति ल्याएको छ । साथै, मझौला साना व्यवसायीहरुलाई कर्जामा प्राथमिकता दिने भनेर निति ल्याएको छ । जुन एकदमै महत्वपुर्ण छ । उत्पादन बढाउन कर्जाको लगानीलाई प्रोसाहन गर्ने निति ल्याएको छ । त्यो अहिलेको अर्थतन्त्र चलाएमान बनाउन महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ ।

यो मौद्रिक नितिबाट मैले नबुझेको कुरा व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा भनेर २ करोड पुर्याएको छ। त्यो किन भनेको मैले बुझ्न सकेको छैन् । यसले उत्पादनमा कस्तो असर पर्छ ? यो त्यति ठुलो उत्पादक क्षेत्र त हैन् । तर पनि यस क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोसाहन गरेको मैले त्यो बुझ्न सकेको छैन् । समग्रमा हेर्दा नितिगत रुपमा मौद्रिक निति ठिक छ कार्यन्वयनमा कसरी लगिन्छ त्यसमा भर पर्छ ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १७:४१