मौद्रिक नीति पारित गर्न बसेको सञ्चालक समितिको बैठक सकियो, केहि समयमानै वेबसाइटमार्फत सार्वजनिक गरिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मौद्रिक नीति पारित गर्न बसेको सञ्चालक समितिको बैठक सकियो, केहि समयमानै वेबसाइटमार्फत सार्वजनिक गरिदै



काठमाडौं । मौद्रिक नीति पारित गर्न आह्वान गरिएको सञ्चालक समितिको बैठक सकिएको छ। आइतबार बिहान बोलाइएको बैठकले मौद्रिक नीति पारित गरेको हो।

सञ्चालक समितिबाट पारित भएसँगै केहि समयमानै मौद्रिक नीति सार्वजनिक गरिने केन्द्रिय बैंकका सहप्रबक्त नारायण पोखरेलले बताए। उनका अनुसार मौद्रिक नीति केन्द्रिय बैंकको वेबसाइटमार्फत सार्वजनिक गरिने छ। साथै, राष्ट्र बैंकले दिउसो ३ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १२:४६