१२ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१२ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने र ९१ दिने ट्रेजरी बिल साउन ९ गते जारी गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब रुपैयाँ र ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ ५ गते र कात्तिक ७ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको सोमबाुर दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

प्रकाशित : 23 July, 2023 12:27 pm