निफ्राको नाफामा वृद्धि, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्राको नाफामा वृद्धि, अन्य सूचक कस्तो ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीले १ अर्ब ४५ करोड ९२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

निफ्राले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४२.७१ प्रतिशले वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानी एक वर्षमा ४४.७५ प्रतिशतले बढेर २ अर्ब ७२ करोड ५३ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

साथै, फि तथा कमिसन आम्दानी पनि १०३५.१३ प्रतिशतले बढेर २ करोड २७ लाख नाघेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन र कर्जा लगानी दुवै विस्तार भएको छ । यता, निफ्राको नाफा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी पनि १.८१ रुपैयाँले बढेर ६.७६ रुपैयाँ पुगेको छ । साथै, इक्विटीमा प्रतिफल (आरओई) अघिल्लो वर्ष ४.४९ प्रतिशत रहेकामा अहिले बढेर ६.७६ प्रतिशत पुगेको छ । साथै, सम्पतिमा प्रतिफल (आरओए) ४.०७ प्रतिशत बाट ५.४९ प्रतिशत पुगेको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार ११:४१