मुक्तिनाथ विकास बैंकलाई लगातार चौथो पटक ‘बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट’अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ विकास बैंकलाई लगातार चौथो पटक ‘बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट’अवार्ड



मुक्तिनाथ विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने बेस्ट प्रेजेन्टेड एनुअल रिर्पोट अवार्ड, २०२२ प्राप्त गरेको छ । आइक्यानले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको उक्त पुरस्कार सो बैंक विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७८/०७९ को गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

सो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ गरि लगातार चौथो पटक पुरस्कृत भएको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वेस्ड प्रेजेन्टेड एनुअल रिपोर्ट अर्वाड विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो ।

बैंकिङ क्षेत्र (बाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू), शक्ति र उर्जा क्षेत्र र निर्माण क्षेत्रलगायतका विधामा आइक्यानले अर्वाड प्रदान गर्दै आइरहेको छ ।

विकास बैंक र वित्त कम्पनीहरू मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको छ । शुक्रबार, काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

प्रकाशित : ६ श्रावण २०८०, शनिबार १८:४४