वाणिज्य बैंकको नाफा ६७ अर्ब २३ करोड, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकको नाफा ६७ अर्ब २३ करोड, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा वाणिज्य बैंकहरुले ६७ अर्ब बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरण अनुसार २१ वाणिज्य बैंकले ६७ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

जेठसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले ११ महिनामा नै ७ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै अर्काे ग्लोबल आइएमई बैंकले पनि जेठसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकमा भने नाफामा तेस्रो हुन प्रतिस्पर्धा देखिएको छ। जेठसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एशिया बैंकले ४ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड नाफा कमाएको छ।

यस्तै एनएमबि बैंकले ३ अर्ब ३२ करोड नाफा कमाएको छ भने हिमालयन बैंकले ३ अर्ब २९ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब २१ करोड र स्ट्यान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ११ करोड नाफा कमाएको छ।

नेपाल बैंकले ३ अर्ब ७ करोड नाफा कमाएको छ भने एभरेष्ट बैंकले ३ अर्ब ६ करोड, कुमारी बैंकले २ अर्ब ९५ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड, सानिमा बैंकले २ अर्ब २५ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड र नेपाल एसविआई बैंकले २ अर्ब ९ करोड नाफा कमाएका छन्।

यी बाहेक ५ बैंकले भने २ अर्बभन्दा कम नाफा कमाएका छन्। कृषि विकास बैंकले सबैभन्दा कम १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६८ करोड र लक्ष्मी बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका छन्।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार १४:००