आरएसडीसी लघुवित्त बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरएसडीसी लघुवित्त बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ प्रगति



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढेको छ। विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा १० करोड ५ लाख रुपैयाँ रहेको थियो। कम्पनीको वितरण योग्यनाफा ८० करोड ८१ लाख रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा पनि सुधार देखिएको छ । सस्थाको खुद ब्याज आम्दानी १९.२१ प्रतिशतले बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ५.८८ प्रतिशतले बढेर १५ करोड ९२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ५५ लाख ३४ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार ११:५६