प्रभु महालक्ष्मी लाइफको नव नियुक्त अध्यक्षद्वारा सपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु महालक्ष्मी लाइफको नव नियुक्त अध्यक्षद्वारा सपथ ग्रहण



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकी नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले नेपाल बीमा प्राधिकरणमा सपथ ग्रहण गरेकी छिन् । मंगलबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्ष सुर्य प्रसाद सिलवालले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

प्रभु महालक्ष्मी लाइफको श्रावण १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो । अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा बसि अनुभव हासिल गरेकी छिन् ।

आषाढ २९ गतेबाट एकिकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यिय संचालक समिति रहेको छ । अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहेका छन् ।

प्रकाशित : २ श्रावण २०८०, मंगलवार १४:४८