काठमाडाैं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । साउन १ गते बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।
असार २८ गते बसेको निणर्य अनुसार नयाँ कम्पनीको सञ्चालकमा संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना गरी ६ जना सञ्चालक चयन भएको थियो । सञ्चालक समितिको बैठकले भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हाे
साविकको प्रभु लाइफबाट अध्यक्ष भट्टचन सहित शुसन शेरचन सञ्चालक समितिमा छन् । यस्तै साविकको महालक्ष्मी लाइफबाट सुरेश सापकोटा र उमेशलाल श्रेष्ठ रहेका छन् ।
सर्वसाधारण शेयरधनीहरुमा भने प्रभु लाइफ इन्स्योरेन्सका शंकर गौतम र ज्योति शेरचन रहेका छन् ।
Comment