विजय लघुवित्तको सिइओमा लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विजय लघुवित्तको सिइओमा लम्साल नियुक्त



काठमाडौं । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा बसन्त राज लम्साल नियुक्त भएका छन् ।

संस्थाका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिवमा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीको नयाँ संचालक समितिको अध्यक्षमा लोक बहादुर खड्का र सदस्यहरुमा कपिल न्यौपाने, शारदा प्रसाद कट्टेल, खेमराज सापकोटा, नयाँ शर्मा पौडेल, उमेश घिमिरे र सृजना शर्मा चयन भएका छन् ।

कम्पनीको मर्जर पश्चात बनेको नयाँ सञ्चालक समितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

प्रकाशित : २ श्रावण २०८०, मंगलवार १२:२३