हिमालयन लाइफको ५१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर आज बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

हिमालयन लाइफको ५१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर आज बिक्रीमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ५१ हजार ४५० कित्ता संस्थापक शेयर साउन २ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले हेमन्त नाहटाको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता ३१० रूपैयाँ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी खरीद आवेदन पेश गर्नुपर्नेछ । आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मनकामना मार्ग हात्तिसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट लिखित आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रकाशित : २ श्रावण २०८०, मंगलबार १०:५५ 18 July, 2023 10:55 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।