पोखराका जनताको मन जित्दै पोखारा रोयल साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पोखराका जनताको मन जित्दै पोखारा रोयल साकोस



कास्की । पोखरा बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सदस्य सँग रोयल अभियान सुरु गरेको छ । चालु आर्थिक वर्षको पहिलो दिनमा नै संस्थाले लिएको लक्ष्य भन्दा बढि नँया सदस्य बढाउन सफल रह्यो । संस्थाले पहिलो दिन १०० जना सदस्यको परिकल्पना गरेकोमा १४० जना नँया सदस्य थप गर्न सफल रहेको छ ।

संस्थाले यस चालु आर्थिक वर्षमा १०० ओटा अन्र्तरक्रिया र सदस्य लक्षित गतिविधि गर्ने उदेश्य बमोजिमको सो कार्यक्रम सहकारी रजिष्टार कार्यालय गण्डकिका रजिष्टार रोशन अर्यालको उपस्थितिमा शुभारम्भ गरेको हो ।

कार्यक्रममा सम्वोधन गदै रजिष्टार अर्यालले सदस्य केन्द्रित र कानुन बमोजिम संचालनमा रहेका कुनै पनि सहकारीमा समस्या नरहेको बताए । अहिले केही सहकारीमा समस्या आयो भन्दैमा सबैलाई एकै ठाँउमा राखेर हेर्नु नहुने भन्ने सन्देश पोखरा रोयल साकोसले दिएको बताए ।

संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुडको अध्यक्षतामा भएको सो कायक्रममा प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुडले सहकारीको समसामुयिक गतिविधि,संस्थाको हालको अवस्था र भावि रणनितिबारे प्रस्तुतिकरण गरेकिथिइन ।

संस्थाका सूचना अधिकारी मिलन ढकालको जानकारी अनुसार संस्थाले लिएको अभियानलाई सफल बनाउन यस अघि नै १०० युथ सहकारी दुत मार्फत संस्थाको गतिविधिलाई तिव्र पारेको र यो अभियानलाई निरन्तर चलाउने छ ।

प्रकाशित : 18 July, 2023 7:46 am