माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट



काठमाडौं । माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट नियुक्त भएका छन्। क्यापिटलको संचालक समितिको बैठकले आज साउन १ देखि लागु हुने गरि विष्टलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि उपेन्द्र मालाकार क्यापिटलको सीइओ थिए । नव नियुक्त सीईओ विष्टले इण्डियन इन्स्टिच्युट अफ कलकताबाट एक्जीक्युटिभ प्रोग्राम इन बिजनेश म्यानेजमेन्ट तथा दिल्ली विश्वविद्यालयबाट एमकमको अध्ययन पुरा गरेका छन् । उनी विगत १९ वर्षदेखि नेपाल तथा भारतका बैंकिङ क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार १६:२८