सहकारीको नियमन गर्न शक्तिशाली संस्था चाहियोः विश्वप्रकाश शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीको नियमन गर्न शक्तिशाली संस्था चाहियोः विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी पीडितका माग पूरा गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद शर्माले सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको उल्लेख गरे ।

शर्माले सहकारी पीडितहरु आन्दोलन गरिरहेका भन्दै उनीहरुको माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न आग्रह गरे ।

प्रकाशित : 16 July, 2023 4:18 pm