बचत फिर्ताको माग राख्दै सहकारी पीडितहरूकाे काठमाडौंमा प्रदर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बचत फिर्ताको माग राख्दै सहकारी पीडितहरूकाे काठमाडौंमा प्रदर्शन



काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर बचत फिर्ताको माग राख्दै प्रदर्शनमा उत्रिएका हुन् ।

गत जेठ २० गते देखि नै माइतिघरमा धर्ना बस्दै आएका सहकारी पीडितहरुले असार २७ गते देशब्यापी रुपमा प्रर्दशन सुरु गर्ने भनिएपनि उक्त कार्यक्रम स्थगित गरिएको थियो ।

पीडितले आज बिहान माइतीघर मण्डलामा सडक अवरुद्ध गर्ने, सिंहदरबार घेराउ गर्ने देखि नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला पनि लगाएका थिए । यसरी आन्दोलन गर्ने कतिपयलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ भने कतिपय छुटेका पनि छन् ।

पीडितले सिंहदरबारको दक्षिण गेट बन्द गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै, माइतीघरमा सडक अवरुद्ध गर्न खोजेपछि १० जनालई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : ३१ असार २०८०, आईतवार १३:४५