लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार सुरु



काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंकले आज असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन्। लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो।

गत जेठ ८ गते लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको थियो। सम्झैताअनुसार ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन्।

लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनेछन्। गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ।

दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृत भएको थियो।

प्रकाशित : २९ असार २०८०, शुक्रबार १२:२०