हिमालयन ब्राेक्रेजले थाल्याे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन ब्राेक्रेजले थाल्याे काराेबार



काठमाडौं। हिमालयन ब्रोक्रेजले विहीबारबाट कारोबार थालेको छ। यो ब्रोकर नम्बर ६३ रहेको कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा छ।

बालिका आरजु पौडेलले सफ्टवेयरमा आधारित बटम क्लिक गरेर सेयर कारोबार शुभारम्भ गरिन्।

कम्पनीका प्रवर्द्धक जोय ग्रुपका अध्यक्ष एवं धितोपत्र ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारको क्षेत्रमा बढ्दो आकर्षण संबोधन गर्न कम्पनी तयार रहेको बताए।

उनले लगानीकर्ताको मनोबल उकास्दै सेयर बजारलाई थप सुदृढ, विश्वसनीय र प्रतिफलमुखी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रकाशित : २८ असार २०८०, बिहीबार १९:३६