ब्याजदरमा भएको भद्र सहमति खुल्ला, बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ब्याजदरमा भएको भद्र सहमति खुल्ला, बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्न पाउने



काठमाडौं । बैंकरहरुले ब्याजदरमा गरेको भद्र सहमति खुल्ला गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेका हुन् ।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बिहीबार बिहान बसेको बैठकले बैंकहरुलाई आआफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खोलिदिएको हो ।

अहिले कर्जा लगानीको अवस्था सुस्त रहेको छ। जसका कारण बैंकहरु न्यून ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन तयार भइरहेका छन्। त्यसैले साउनमा ब्याजदर घटाउने पक्षमा पनि बैंकहरु देखिएका छन् ।

अहिले बैंकहरुले मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यसआधारमा बैंकहरुले ब्याजदर बढाएमा ११ प्रतिशतनजिक र घटाएमा ९ प्रतिशत भन्दा तल आउने देखिन्छ ।

प्रकाशित : २८ असार २०८०, बिहीबार १२:०२