समयमै कर्जा र ब्याजको भुक्तानी गर्न ऋणीहरुलाई राष्ट्र बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समयमै कर्जा र ब्याजको भुक्तानी गर्न ऋणीहरुलाई राष्ट्र बैंकको आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले जनचेतनामूलक सूचनाद्वारा समयमै कर्जा र ब्याजको भुक्तानी गर्न ऋणीहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकले समयमा नै कर्जा चुक्ता नगरे त्यस सम्बन्धी थप कडाई गर्ने जनाएको छ ।

बैंकले समयमा नै कर्जा चुक्ता नगरे ऋणीलाई कालोसूचीमा राख्नुको साथै कुनै बैंकबाट ऋण लिन र खाता खोल्न समेत नपाउने व्यवस्था गर्ने जनाएको छ। साथै, ‘सामाजिक प्रतिष्ठामा आँच आउँने र धितो पनि लिलामी हुन सक्नेछ । ऋण लिएपछि कर्जा र ब्याज तिर्नु ऋणीको दायित्व हाे, सूचनामा भनिएको छ ।

प्रकाशित : २४ असार २०८०, आईतवार १३:३३