महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेज



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । महानगरपालिकाको सहकारी विभागले शुक्रबार सूचना जारी गर्दै महानगरभित्र दर्ता भई सञ्चालनमा रहेका ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी भएको जनाएको हो ।

‘कुनै पनि संस्थाको विनियममा उल्लखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भाव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारणसभाको तत्काल कायम रहेको २ तिहाइ बहुमतले सदस्यको निर्णयबाट त्यस्तो संस्था विघटन गर्ने निर्णय गरि दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिनसक्नेछ ।’ सुचनामा भनिएको छ ।

महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी संस्थाहरुको दर्ता खारेजी गरेको हो । यी सहकारीसँग सम्बन्धीत सदस्यहरुले १५ दिनभित्र सम्पर्क गरि आफ्नो हिसाव मिलान गर्न महानगरले आग्रह गरेको छ । अन्यथा खारेजी पश्चात कुनै पनि दाबी विरोधको जिम्मेवारी विभाग नहुने पनि जनाएकाे छ ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार १६:००