नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरि लागु गर्न एनआरएनएकाे आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरि लागु गर्न एनआरएनएकाे आग्रह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको नेतृत्वमा बिहीबार संघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्। भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि यथाशक्य छिटो निर्माण गरि गैरआवासीय नेपाली नागरिकताको प्रावधान लागु गर्न आग्रह गरेका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले निर्देशिका र कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको र छिट्टै सम्पन्न हुने विश्वास दिलाए । यसअघि अध्यक्ष आचार्यकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि एनआरएन प्रतिनिधि मण्डलले भेटेर संघको तर्फबाट आफ्ना सुझावहरु पेश गरेको थियो ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराई लगायत अन्य वरिष्ठ अधिकारीहरु समेत छलफलमा सहभागी थिए। उक्त भेटघाटमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले एनआरएनहरुको भावना बुझेर जतिसक्दो सरलीकरण गरी गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले गैर आवासीय नेपाली नागरिकता छिटो कार्यान्वयनमा आउने विश्वास पनि दिलाए ।

संसदका दुवै सदनले दुइ, दुइ पटक पारित गरेको नागरिकता संशोधन ऐन तत्कालिन राष्ट्रपति विद्या देवी भण्डारीले प्रमाणीकरण न गरि दिए पछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीत गरी दिएका थिए। त्यस विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरे पछि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको छ। ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार १४:२८ 7 July, 2023 2:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।