धौलागिरी लघुवित्तको सीइओमा सुरेश बहादुर बम नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धौलागिरी लघुवित्तको सीइओमा सुरेश बहादुर बम नियुक्त



काठमाडौं । धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सुरेश बहादुर बम नियुक्त भएका छन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले असार २० देखि नै लागु हुने गरि बमलाई सीइओ नियुक्त गरेको हो ।

बम यस अघि खप्तड लघुवित्तको सीइओ थिए । धौलागिरी लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गरेर धौलागिरी लघुवित्तको नामबाट असार २० गते बाट नै एकिकृत कारोबार थालिसकेको छ ।

यस अघि धौलागिरी लघुवित्तको सीइओ मिन बोहरा थिए । अब भने बोहरा लघुवित्त क्षेत्रबाट नै विदा भएका छन्

प्रकाशित : २२ असार २०८०, शुक्रबार १२:३०