यस्तो छ सहकारी विभागले जारी गरेको पाँच बुँदे नयाँ निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस्तो छ सहकारी विभागले जारी गरेको पाँच बुँदे नयाँ निर्देशन



काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थालाई ५ बुँदे निर्देशन जारी गरेको छ । विभागले बिहीबार सहकारी क्षेत्रको पूर्नःउत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५(५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) (झ) बमोजिम निर्देशन जारी गरेको हो ।

विभागले जारी गरेको निर्देशनमा भनिएको छ , ‘वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघ/संस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउने । यस आ.व. २०७९/८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आ.व. को आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने ।

त्यसैगरी, कृषि उत्पादन तथा सेवासंग जोडिएका सहकारी संघरसंस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको वजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायिकरण गर्न प्रेरित गर्ने

ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आ.व. मा खराव ऋणीको सूचीमा नपरेका तथा गत आ.व. मा कर्जा पूर्नतालिकीकरणको सुबिधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पूर्नतालिकीकरणको व्यवस्था गर्न सकिने ।

साथै, सहकारी संघरसंस्थाले आफ्ना सदस्यहरूसंग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुने ।’ उल्लेख गरेको छ ।

प्रकाशित : २१ असार २०८०, बिहीबार १३:३१