प्रभु महालक्ष्मी लाइफले चयन गर्यो ६ सञ्चालक, अब को बन्ला अध्यक्ष ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु महालक्ष्मी लाइफले चयन गर्यो ६ सञ्चालक, अब को बन्ला अध्यक्ष ?



काठमाडौं। एकिकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ। ७ सदस्यिय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।

२०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यिय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र संचालकको मनोनयन एकिकृत कारोबार पछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ।

सञ्चालक समितिको अध्यक्षको हकमा एकिकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : २० असार २०८०, बुधबार १६:४६