काठमाडौँ जिल्लाको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौँ जिल्लाको सिडिओमा जितेन्द्र बस्नेत नियुक्त



काठमाडौँ । काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् । हालसम्म गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा रही प्रवक्ताको समेत जिम्मेवारीमा रहेका सहसचिव बस्नेतलाई गृह मन्त्रालयले सिडिओ नियुक्त गरेको हो ।

यसअघिका सिडिओ घनश्याम उपाध्यायलाई मंगलबार सरकारले सचिवमा बढुवा गरेको थियो । ८ वर्षअघि सहसचिव भएका बस्नेत राष्ट्रि परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देश, प्रधानमन्त्री कार्यालयका सहसचिव, भूकम्प प्राधिकरण कार्यालयका सहसचिव भएर काम गरिसकेका छन् । त्यस्तै उनीसँग गोरखा, चितवन, पर्साको सिडिओ भएर काम गरेको अनुभवसमेत छन् ।

प्रकाशित : २० असार २०८०, बुधबार १५:११