१५ दिने अप्पर कटाई तथा सिलाई तालिम संचालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

१५ दिने अप्पर कटाई तथा सिलाई तालिम संचालन



ललितपुर । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्प कटाई तथा सिलाई तालिम संचालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छाला जन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई तथा सिलाई तालिम संचालन गरिएको हो ।

सार्की समुदायको पुख्र्याउली जुत्ता व्यवसायको संरक्षण र सम्बर्धन गर्ने उदेश्य अनुरुप तालिम संचालन गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले बताए ।

तालिमबाट सिकेको सिप व्यवहारमा लागू गरी आफ्नो जिविको पार्जन गर्न सहयोग पुर्याउने हेतुले तालिम लिएका प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट ७ जनालाई सिलाई कटाई मेसिन समेत दिइने अध्यक्ष बोगटीले जानकारी दिए ।

तालिम अनुभवि रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक बोगटीले भेदनामबाट १८ महिने छाला जुत्ता एवम् अर्थपेडिक सम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा ३ महिने तामिल समेत लिएका छन् । तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये ४ जना पुरुष र १० जना महिलाको सहभागित रहेको छ ।

प्रकाशित : १९ असार २०८०, मंगलवार १६:३७