प्रोग्रेशिभ फाइनान्सकाे प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रोग्रेशिभ फाइनान्सकाे प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त



काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिले अनिल श्रेष्ठलाई ४ वर्षका निम्ति प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेका छ । विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरीसकेका छन् ।

बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिएका श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यवसायिक सञ्चार विषयमा तालिमसमेत लिएका छन् । वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उचाई हासिल गर्ने विश्वास लिएको फाइनान्सले जनाएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने विचार व्यक्त गर्दै यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोगबाट सफलता हासिल गर्ने बताए ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याटलगायत प्रविधिमा आधारित आधुनिक डीजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २२ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको जनाएको छ ।

प्रकाशित : १७ असार २०८०, आईतवार १५:५९