इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब



धनगढी, १ फागुन ।  धनगढी स्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी अाइतबार परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन । यद्यपि बैंकको एटिएममा राख्नका गि जम्मा गरिएको उक्त रकम गायब भएको आशङ्का गरिएको छ । बैंकका कर्मचारीले भने यो विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार ०७:५७